0
प्रतिक्रिया
स्याङ्जा । स्याङ्जामा चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ नगरपालिका वडा नं. ११ तल्लो पेखुका ४५ वर्षीय युक्तबहादुर थापा छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीका अनुुसार घाइते थापालाई थप उपचारका लागि पोखरा पठाइएको छ । थापाको टाउको, हातमा गम्भीर चोट लागेको छ ।
डीएसपी चौधरीका अनुसार मंगलबार राति थापा घर नजिकैको आफ्नै कुखुराको खोरमा जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवाले केही कुखुरा पनि मारेको बताइन्छ ।
Copyright © 2024 | All rights reserved.