0
प्रतिक्रिया
काठमाडाैँ । नेपाली बजारमा सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ प्रतितोला सात सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ८८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको भाउ प्रतितोला एक लाख ८७ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज असली चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2024 | All rights reserved.