साउन ०५, २०८२, आइतबार

आमोर बालगृहलाई राष्ट्रिय संगीतकर्मी संघद्वारा सहयोग


clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशले संघका अध्यक्ष रामचन्द्र ढकाल सहकोषाध्यक्ष कृष्ण सिपीको जन्मदिनको अवसर पारेर स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ स्थित अमोर सेवा नेपाल बालगृहका बालबालिकालाई शैक्षिक सामग्री तथा नगद सहयोग गरेको छ ।

संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले वाल गृहका कलिला अनाथ बालबालिकालाई देखेर भावुक बनाएको भन्दै बाबुनानीको भविष्य उज्ज्वल बनाउन आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।

संस्थाका अध्यक्ष रामचन्द्र ढकाल र सहकोषाध्यक्ष कृष्ण सिर्पालीले जन्मदिनको उपलक्ष्यमा फजुल खर्च कटौती गरि बालगृहमा सहयोग गर्न पाउँदा साच्चै नै सही ठाउँमा सहयोग गरेको आफूहरुलाई अनुभव भएको बताए ।

बालगृहकी सञ्चालक कमला पराजुलीले स्याङ्जा जिल्लाको एकमात्र बालगृह भए पनि स्याङ्जा भन्दा अन्य जिल्लाका बाबुआमा नभएका अनाथ बालबालिकालाई बालगृहले संरक्षण दिएको बताए ।

नेपाली दाजुभाइ तथा संघसंस्थाको मात्र सहयोगले बालगृह सञ्चालन भइरहेकोले एक पटक आँफै बालगृहमा उपस्थित हुन पनि सबैलाई आग्रह गरेकी थिइन् ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका समन्वय प्रमुख एवं गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं कर्णप्रिय संगीतालय पोखराका सञ्चालक करण तामाङ, द्वितीय उपाध्यक्ष एवं पत्रकार सागर कार्की, सहकोषाध्यक्ष कृष्ण सिर्पाली, प्रेम रोकाहा क्षेत्री, दरबार न्यूज डटकमका सञ्चालक कृष्ण रानाभाट, समाजसेवी एवं सदस्य भोजराज पौडेल (राष्ट्रिय मामा), स्याङ्जा अध्यक्ष बुद्धि परियार र उपाध्यक्ष दूतप्रसाद नेपाली, बालगृहका व्यवस्थापक अशोक शर्मा (मरासिनी) लगायत सहभागी थिए ।

बालगृहका बालबालिकाले मन्त्रोच्चरणद्वारा जन्मदिनको शुभकामना व्यक्त गर्दै गीत तथा भजन गाएर स्वागत गरेका थिए ।

Copyright © 2024 | All rights reserved.