0
प्रतिक्रिया
काठमाडाैँ । नेपाल बजारमा आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन शुक्रबार एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता आज असली चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ वृद्धि भइ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको भाउ शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ रहेको थियो ।
Copyright © 2024 | All rights reserved.