0
प्रतिक्रिया
पोखरा। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी ‘देवु’ का गजलमा गजल साँझ सम्पन्न भएको छ ।
पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र केसी ‘देवु’का गजलमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गरेका हुन् ।
गजल साँझमा देवेन्द्र केसी‘देवु’ का सात वटा गजल वाचन गरिएको थियो ।
मायाप्रेम, प्रकृति, राष्ट्रप्रेमलगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत भएको कार्यक्रममा पोखरेली साहित्यकार, सञ्चारकर्मीलगायत विभिन्न सेवा पेशामा आवद्ध व्यक्ति सहभागी थिए ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पोखरामा यस किसिमको कार्यक्रम हालसम्मकै पहिलो भएको भन्दै स्रष्टा केसीको प्रशंसा गरे । पोखरेली गजलका लागि यो महत्वपूर्ण कार्य भएको उनले बताए ।
स्रष्टा एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका देवेन्द्र केसी ‘देवु’ को अध्यक्षता एव समाजका महासचिव असफल गौतमले सञ्चालन गरेको कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, कार्यक्रम संयोजक घनेन्द्र ओझा, समाजका पूर्व अध्यक्ष दुर्गाबहादुर शाह‘बाबा’ लगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.