जेठ २१, २०८२, मंगलबार

फोटो तथा मोबाइल पत्रकारिता तालिम शुरु


Advertisement Image
clock icon 2 days, 10 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा फोटो तथा मोबाइल पत्रकारिता तालिम आइतबारदेखि पोखरामा शुरु भएको छ ।

तालिमको कास्की शाखाका संस्थापक अध्यक्ष उमाकान्त शर्माले उद्घाटन गरेका थिए ।

शर्माले उल्लेख पत्रकारहरू समयसापेक्ष परिमार्जित हुनुपर्ने भन्दै उत्तरदायी र जिम्मेवार पत्रकारिताको विकासमा तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

शर्माले पत्रकारिता अराजक हुन नहुने भन्दै पत्रकारले आफ्नो दायित्व र कर्तव्य ख्याल गर्नुपर्ने उल्लेख गरे ।

विधिको शासन कायम गर्न र डिजिटल पत्रकारिताको क्षमता अभिवृद्धिमा तालिम फलदायी हुने उल्लेख गरे ।

कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीले पनि बोलेका थिए ।

तालिममा वरिष्ठ फोटो पत्रकार विकास कार्की, फोटो पत्रकारद्वय कृष्णमणि बराल र राम गुरुङले फोटो तथा मोबाइल पत्रकारिता सम्बन्धित क्षमता वृद्धिका विषयमा प्रशिक्षण दिने जनाइएको छ ।

तालिममा कास्कीका करिब तीन दर्जन पत्रकारको सहभागिता छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत र सञ्चालन सह-सचिव मधु अधिकारीले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.