0
प्रतिक्रिया
पोखरा । बन्दबारे राजावादीभित्रै मत बाझिएपछि राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राजावादीले आज काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए ।
प्रहरीले पक्राउ गरेका नेताहरुलाई आइतबार साँझ नै रिहा गरेपछि उनीहरुको बन्द आह्वान फिर्ता भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बन्दमा सहभागी नहुने बताएका थिए ।
संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले ‘हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको’ जनाएको छ ।
Copyright © 2024 | All rights reserved.