साउन १२, २०८२, आइतबार

पोखरा-८ मा मादल बजाउने तालिम शुभारम्भ


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने बताएका छन् ।

वडा कार्यालयद्वारा आयोजित १५ दिने मादल बजाउने तालिम उद्घाटन गर्दै वडाध्यक्ष बरालले यस्तो बताएका हुन् ।

उनले भने, ‘वडा कार्यालयको ध्यान वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने रहेको छ, त्यसैले वडामार्फत धेरै प्रकारका तालिम आयोजना भइरहेको छ, केही दिन अघिमात्रै वेड डिजाइन एण्ड डेभलपमेन्ट तालिम सकिएको थियो ।’

आफ्नो ध्यान वडाको समृद्धितर्फ भएको स्पष्ट पार्दै उनले तालिमले नागरिकलाई व्यावसायिक बनाउने र यसले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । मादल बजाउने तालिमले संस्कृति जगेर्नामा पनि महत्वपूर्ण भूमिका खेल्ने बरालको दावी छ ।

कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष अञ्जुकुमारी चालिसे, नागढुंगा विकास समाजका अध्यक्ष डम्बर सुवेदी, वडासचिव झंकनाथ पौडेल, प्रशिक्षक सन्तोष पराजुलीलगायतले बोलेका थिए ।

४० जना सहभागी तालिम सिमलचौरस्थित शिव पञ्चांग मन्दिरमा सञ्चालन हुनेछ । सहभागीलाई सन्तोष पराजुलीले प्रशिक्षण दिनेछन् ।

Copyright © 2024 | All rights reserved.