जेठ २४, २०८२, शुक्रबार

नेपाल मगर संघ बुढीबजार ईकाइमा रामबहादुर


Advertisement Image
clock icon 1 day, 20 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

लेखनाथ  । नेपाल मगर संघ वुढिबजार ईकाइ समिति पोखरा-२६ को १२औ साधारण सभा तथा दशौं अधिवेशनले आगामी कार्यकालका लागि रामबहादुर रानालाई अध्यक्षमा चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको १५ सदस्य कार्यसमितिमा रानालाई पुन अध्यक्ष पदमा निर्वाचित भएका हुन भने नवगठित समितिको उपाध्यक्षमा जस्मी थापा मगर,सचिवमा दल बहादुर थापा मगर,सह सचिवमा योगिता माया थापा मगर र कोषाध्यक्षमा भीम वहादुर सोभै मगर रहेका छन् ।

यसैगरि नवगठित समितिको सदस्यमा नेत्र कुमारी आले मगर,कमला सारु मगर,राजु राना मगर,कविन्द्र थापा मगर,लक्ष्मी राना मगर,अल्का राना मगर,चित्र बहादुर थापा मगर,अनिता थापा मगर र हरिस कुमार आले मगर रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापाले नेपाल भरी छरिएर रहेका मगर समुदायलाई एकताबद्ध गर्दै पुर्खाले आर्जेको कला र सस्कृतीको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । साथै उनले मगर समुदायले आगामी दिनमा राजनितीको माध्यमबाट सामाजिक क्षेत्रमा प्रवेश गरि राज्यबाट पाउनु पर्ने सेवा सुविधा लिनका लागि आवाज उठाउनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा नेपाल मगर संघका केन्द्रिय सल्लाहकार वालकृष्ण काउछा मगरले नेपाल निर्माणको ईतिहासमा मगर समुदायको ठुलो भुमिका रहेको प्रशंग उठाउदै हामी हामी विचमा एकता हुन नसक्दा नै राज्यबाट मगर समुदायलाई पछि पारिएकाले अवका दिनमा अधिकार मागर होईन खोसेर लिन सक्नु पर्ने धारणा राखेका थिए ।

यसैगरि कार्यक्रममा नेपाल मगर संघ कास्की जिल्लाका कोषाध्यक्ष क्याप्टेन भत्त पुन मगरले समाजमा सामाजिक चेतना फैलाउनका लागि राजनितीमा लाग्नु पर्ने सुझाव राखेका थिए भने नेपाल मगर संघ पोखरा महानगर अध्यक्ष ओम श्रीरिस मगरले आर्थीक विकासको आवस्यकता र शिक्षालाई पहिलो प्रथामिकतामा राख्न सक्नु पर्नेमा जोड दिएका थिए ।

नेपाल मगर संघ वुढिबजार ईकाइका अध्यक्ष राम वहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर महिला संघकी अध्यक्ष नुनु माया राना,पोखरा महानगरपालिका वडा नं २७ की वडासदस्य बुद्धि कुमारी थापा मगर,जिल्ला सास्कृती संघकी अध्यक्ष सरिता सारु मगर, नेपाल मगर संघ वुढिबजार ईकाइका सस्थापक अध्यक्ष यम बहादुर थापा,निर्वाचन समितिका संयोजक चन्द्र वहादुर गर्वुजा मगर र निर्वाचन समितिका सदस्य शिव बहादुर थापा मगर लगाएतले जातीय एकताको आवस्यकता औल्याएका थिए ।

कार्यक्रमको संचालन नेपाल मगर संघ वुढिबजार ईकाइका सचिव दलबहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमारी थापाले गरेकी थिईन ।

Copyright © 2024 | All rights reserved.