जेठ २५, २०८२, शनिबार

स्याङ्जामा सवारी दुर्घटना, एक युवतीको मृत्यु


Advertisement Image
clock icon 16 hours, 15 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

स्याङ्जा । स्याङ्जामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं १३ लाम्पाटाकी २४ वर्षीया जीतमाया थापा छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापाको प्रदेश अस्पताल पुतलीबजारमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार फेदीखोला गाउँपालिका वडा नं १ कुभिण्डेमा पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकको पछाडि थापाले चलाएको एएबी ०२४३ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनापछि ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिवारीले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.