जेठ २५, २०८२, शनिबार

न्यू ग्यालेक्सीले बास्केटवल प्रतियोगिता आयोजना गर्ने


Advertisement Image
clock icon 16 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरास्थित न्यू ग्यालेक्सी स्कुलले सातौँ एसइई बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही जेठ २८ र २९ गते विद्यालयमै हुनेछ । कास्कीमा २०८१ को एसइई परीक्षा दिएर बसेका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घको नियमानुसार लिगकम नकआउटका आधारमा खेलाइने संयोजक क्या. वीरबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमले छात्रतर्फ नौ जना खेलाडी र टिम प्रशिक्षक तथा छात्रातर्फ पाँच जना खेलाडी र टिम प्रशिक्षक समावेश गर्न पाउनेछ ।

छात्रतर्फ प्रतियोगिता विजेताले २० हजार, उपविजेताले १० हजार तथा छात्रातर्फ विजेताले १० हजार र उपविजेतालाई छ हजार रुपैयाँ नगद पुरस्कार र मेडल, प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

टिम दर्ताका लागि यही जेठ २७ गते दिनको ४ बजेसम्म विद्यालयमा सम्पर्क गर्न सकिने संयोजक गुरुङले जानकारी दिए ।

विद्यार्थीमा आपसी समझ्दारी, नेतृत्व क्षमता र समूहमा कार्य गर्ने सीप विकास गर्ने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने, विद्यार्थीमा आत्मविश्वास, सहनशीलता र सकारात्मक प्रतिस्पर्धाको भावना जगाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य डा. रामजी शर्माले जानकारी दिए ।

यसले खेलकुदमा रुचि र क्षमता भएका विद्यार्थीलाई पहिचान गरी भविष्यमा थप अवसर प्रदान गर्न सहयोग पुर्‍याउने प्राचार्य शर्माको विश्वास छ ।

प्रतियोगिताको तयारी तीव्र बनाइएको र सबै विद्यालयमा पत्र पठाइसकिएको विद्यालयका सहायक प्राचार्य राजेश भण्डारीले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.