जेठ २५, २०८२, शनिबार

प्रदेश प्रमुख भट्टद्वारा बकर इदको शुभकामना


Advertisement Image
clock icon 10 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद-उल-अज्हा (बकर इद)-२०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायमा ईद-उल-फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गरेका छन् ।

‘यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।

‘विविधतामा एकता’ हाम्रो मौलिक राष्ट्रिय पहिचान हो भन्दै भट्टले हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । 

‘यस पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।

Copyright © 2024 | All rights reserved.