जेठ २७, २०८२, सोमबार

लागूऔषधसहित पाँच जना पक्राउ


Advertisement Image
clock icon 23 hours, 58 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पोखरा-५ धारापानीबाट दुई, पोखरा-१८ लामागाउँबाट दुई र पोखरा ४ नालामुखबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरा-५ धारापानीबाट पक्राउ पर्नेमा २० वर्षीय मौसम पुन, १९ वर्षीय राज मगर, पोखरा-१८ बाट ५१ वर्षीय गोरे पुन र २७ वर्षीय शंकर घले छन् ।

साथै नालामुखबाट धरान घर भइ हाल पोखरा-५ बस्ने ३५ वर्षीय सुरज सुनार पक्राउ परेका हुन् ।

सुनारको साथबाट लागूऔषध टापेन्टाडोल १०० एमजी ८३ ट्यावलेट र २० हजार रुपैयाँ नगद, पुन र घलेको साथबाट टापेन्टाडोल १०० एमजी १०० ट्यावलेट तथा मौसम र राजबाट टापेन्टाडोल १०० एमजी ८३ ट्यावलेट ९६ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.