जेठ २७, २०८२, सोमबार

लायन्स अन्तर्राष्ट्रिय निर्देशकमा लम्साल निर्वाचित


Advertisement Image
clock icon 16 hours, 58 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमांडौं । नेपालबाट लायन्स अन्तर्राष्ट्रिय निर्देशकको नेतृत्वमा जानको लागि राजन लम्साल निर्वाचित भएका छन् ।

सो पदको लागि लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनद्वय राजन लम्साल र खगेन्द्र सिटौलाले उम्मेदवारी दिएका थिए ।

लम्सालले भारी मतान्तरले सिटौलालाई पछि पार्दै विजय भएका हुन्  निर्वाचनमा लम्सालले १ हजार ३ सय ८७ मत ल्याउदाँ सिटौलाले ५ सय ३१ मत प्राप्त गरेका छन् । सो पदमा लम्सालसहित ११ जना आकांक्षी थिए ।

अन्तिममा लम्साल र सिटौला निर्वाचनमा भिडेका थिए । नेपालमा रहेका १५ वटै डिष्ट्रिक्टका क्लबहरुका प्रतिनिधिहरुले भाग लिएको निर्वाचनको लागि २ हजार ३ सय ७१ मतभार थियो । जसमा खसेको मत २ हजार ६० मा लम्सालले सदर मतको १ हजार ३ सय ८७ अर्थात ७२.३८  प्रतिशत  भोट पाएर निर्वाचित भएका छन्।

नेपालका तर्फबाट प्रतिनिधित्व लम्साल ईसामे क्षेत्र (ईण्डिया, साउथ एशिया तथा मिडल इस्ट) का लागिलायन्स अन्तर्राष्ट्रियको बोर्डमा अन्तर्राष्ट्रिय निर्देशक ईण्ड‍ोर्सि पदमा निर्वाचित भएका हुन् ।

सन् २०२६ मा हङकङमा हुने लायन्स अन्तर्राष्ट्रिय कन्भेन्सनमार्फत सन् २०२६ देख़ि २०२९ तीन बर्षे कार्यकालकालागि अन्तर्राष्ट्रिय निर्देशक पदमा निर्वाचित हुनेछन् ।

 

शनिवार काठमांडौंको प्रज्ञा भवन कमलादीमा सम्पन्न लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सनमा अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शीको रुपमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रतिनिधित्व गर्दै लम्साल विजयी भएका हुन् ।

नेपालमा हाल ३२५ सी, डी, ई, एफ, जी, एच, आई, जे, के, एल, एम, एन, पी, आर र एस गरी १५ वटा डिष्ट्रिक्टरहेका छन् ।

लम्सालले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ आई मा ३०७ र सिटौलाले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ डीबाट ९१ जनाको मतभार रहेको थियो ।

नेपालबाट हाल बालकृष्ण बुर्लाकोटीले नेपालबाट अन्तरराष्ट्रिय डाइरेक्टरमा प्रतिनिधित्व गरिरहेका छन् । भनेसञ्जय खेतानले यस अघि नै नेतृत्व लिई सकेका छन । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको रेसमा रहेका छन ।

सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीबाट सदस्यता लिएर लम्सालको लायनिज्म यात्रा सुरु भएको हो ।

२७ वर्षको उमेरदेखि सामाजिक सेवामा पूर्ण रूपमा संलग्न भएका उनले सन् २०१०-११ मा तत्कालीन डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११-१२ मा मल्टिपल काउन्सिल चियरपर्सन, सन् २०१२-१४ मा एसएफएमडी चेयरपर्सन, सन् २०१४-१७ र २०१७-१९ मा जीएलटी कोअर्डिनेटर, सन् २०१७-१९ मा स्पेसियालीटी क्लब कन्ट्री कोअर्डिनेटर, तथा सन् २०१९-२२ मा जीएमटी को-अर्डिनेटर का रूपमासक्रिय नेतृत्व सम्हालिसकेका छन् ।

लायन वर्ष २०२२-२३, २०२३-२४ र २०२४-२५ लगातार तीन वर्षसम्म एलसीआईएफ एरिया लिडर को जिम्मेवारीमा कार्यरत रहँदै, उनले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन्।

उनी गभर्नर भएका बेला डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौंदेखि महेन्द्रनगर, नेपालगञ्ज, र वीरगञ्जसम्म विस्तार गरेका थिए । लायन्स क्लबका केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकरण गर्ने काममा उनको विशेष योगदान रहेको थियो ।

आफ्नो गभर्नर कार्यकालमै डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान सुरु गरी निर्माण कार्यसम्पन्न गरेर हस्तान्तरण समेत गरे । पछिल्ला तीन वर्षदेखि उनी एलसीआईएफ एरिया लिडरको रूपमा सक्रिय उनी नेपालभरिका लायन्सहरूको लागि उत्प्रेरक शक्तिका रूपमा स्थापित छन्।

Copyright © 2024 | All rights reserved.