0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ हस्पिटलचोकमा उपयोगी धार्मिक विविध सेवा सञ्चालन गरिएको छ ।
धार्मिक, शैक्षिक एवं सामाजिक क्षेत्रमा लामो अनुभव बटुलेका पं. रामप्रसाद सिग्देलले उक्त सेवा सञ्चालन गरेका हुन् । उपयोगी विविध सेवाले आफ्ना धार्मिक सेवासहित नयाँ डिजिटल सेवा र वेबसाइट शुभारम्भ गरेको छ ।
संस्थामार्फतरुद्री, कर्मकाण्ड, महारात्री, ज्योतिष परामर्श, जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार तथा सबै प्रकारका धार्मिक कार्य सेवा दिइनेछ ।
सञ्चालक पं. सिग्देलले २१औँ शताब्दीको प्रविधि युगमा धर्म र परम्परालाई प्रविधिसँग जोड्ने यो प्रयास “सकारात्मक शुरुवात” भएको बताए ।
आम नागरिकलाई सहज र व्यवस्थित रूपमा धार्मिक सेवा उपलब्ध गराउने उद्देश्यका साथ आफू अघि बढेको उनले स्पष्ट पारे ।
उनका अनुसार सेवा बुकिङ, जानकारी र परामर्श सबै प्रक्रिया अनलाइनबाट गर्न सकिनेछ ।
संस्थामार्फत योग ध्यान, आरतीको पनि आरती महाआरती, ज्योतिष, वास्तु परामर्श एवं प्रशिक्षण सेवा, धार्मिक तीर्थयात्रा, पूजापाठ अनुष्ठान सेवा, बरवधु मिलान सेवासहित जन्मदेखि मृत्युसम्मका सबै कार्य गरिनेछ ।
यस्तै समयकालीन भजनकीर्तन, गुरु पुरोहितको व्यवस्था, लोक संस्कृति कार्यक्रम, क्याटरिङ तथा साउण्ड सिस्टम, जग्गीया, यज्ञ तथा मण्डप सजावट, भोजन प्रसादको व्यवस्था, क्यामेरा, भिडियो तथा डेकोरेशन, अपसेट छपाइको काम पनि गरिने सञ्चालक सिग्देलले बताए ।
व्यवस्थापक सुवास पौडेलका अनुसार संस्थामार्फत हुने सबै सेवा अनलाइन तथा होम डेलिभरि हुनेछन् ।
Copyright © 2024 | All rights reserved.