0
प्रतिक्रिया
पोखरा । नेपालमा मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको पनि प्रभाव देखिएको छ । जसको प्रभावले गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
साथै गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने गण्डकी, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
Copyright © 2024 | All rights reserved.