0
प्रतिक्रिया
पोखरा । होटल प्रतिनिधि समाज पोखराले पर्यटक बसपार्क बन्द गरेर पर्यटकलाई समस्यामा पारिएकोप्रति दुःख व्यक्त गर्दै यस विषयमा गम्भीर बन्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै समाजले यो वा त्यो बाहनामा पर्यटकलाई दुःख दिइँदा टुलुटुलु हेरेर बस्न नसकिने चेतावनीसमेत दिएको छ ।
समाजका अध्यक्ष माधव लम्सालले आज एक विज्ञप्ति जारी गर्दै पर्यटक बसपार्कमा देखिएको दृश्यले अत्यन्तै लज्जित र दुखी बनाएको उल्लेख गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘पर्यटक बसपार्कमा आज जे दृश्य देखियो यसले साहै्र लज्जित र दुःखी बनायो । कोरोना महामारीको चपेटाले लथालिङ्ग भएको पर्यटन व्यवसाय फेरि उठाउन विभिन्न क्षेत्रबाट भएका प्रयासका बाबजुद पोखरा भ्रमण बर्ष घोषणासँगै व्यवसायीमा खुसी छाएको थियो । तर विभिन्न हड्ताल र द्वन्द्वका कारण शिथिल भएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘आज देशका विभिन्न स्थानबाट स्वदेशी तथा विदेशी पर्यटक लिएर आएका बसलाई पर्यटक बसपार्क भित्र प्रवेश गर्न दिइएन । सोलो ट्राभल गर्ने पर्यटकलाई मुस्ताङ चोकदेखि लेकसाइडसम्म हिंडेर आउन त्यति समस्या भएन । तर परिवारसहित छोटो समय पोखरा घुम्न आउने पर्यटकले बेहोरेको सास्ती कहालीलाग्दो थियो ।’
अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिब २ बजे कै हाराहारीमा पर्यटकहरु बस पार्क नजिकै आईपुगे पनि बन्दले निकै समस्या पार्यो । सो समयमा न त ट्याक्सी, न त ईन्ड्राईभ, पठाओ । केही पनि समयमा नपाउँदा पर्यटक निकै निराश देखिन्थे । हामीले सरोकारवालासँग सम्बन्धित ठाउँमा छलफल गरौं, तर पर्यटकलाई दुःख नदिनुस् भन्दा कोही पनि टसको मस भएनन् ।’
अध्यक्ष लम्सालले जसको जे-जे माग भए पनि पर्यटकलाई हैरानी र सास्ती नदिन र पोखरा सुन्दर छ, शान्त छ, पोखरा सबैका लागि, सधैंका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
पर्यटक बसपार्कमा कालो प्लेटका सवारीसाधन राख्न नदिने निर्णयको विरोधमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडअन्तर्गतका व्यवसायीले आन्दोलन गरेका हुन् । न्दोलनअन्तर्गत व्यवसायीले आज पर्यटन बसपार्कको गेटमा गाडी तेर्स्याएका थिए ।
बिहीबार पोखरा उपत्यका नगर विकास समिति घेराउ गरेका थिए व्यवसायीले आइतबार पोखरा महानगरपालिकाको कार्यालय घेराउ गर्ने जनाएका छन् ।
Copyright © 2024 | All rights reserved.