0
प्रतिक्रिया
पोखरा । बागलुङमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
मृतकको पहिचान हुन सकेको छैन भने घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पुर्याइएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ढोरपाटन नगरपालिका वडा नं ५ बतासेडाँडामा लु.प्र.०१-००१ च १७७५ नम्बरको पिकअप जीप दुर्घटना भएको हो ।
बुर्तिबाङबाट सहीखोलातर्फ जाँदै गरेको जीप ढोरपाटन-सालझण्डी सडकखण्डमा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
जीपमा चालकसहित १४ जना सवार रहेका इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.