असार ०१, २०८२, आइतबार

लेखनाथमा रोपाई महोत्सव हुने


Advertisement Image
clock icon 16 hours, 46 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । कृषि सञ्जाल पोखरा-३० को आयोजनामा यही असार १५ गते धान दिवसको अवसरमा लेखनाथमा रोपाई महोत्सव हुने भएकाे छ।

मैदीताल नजिकैको खेतमा आयोजना गर्न लागिएको महोत्सवमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता, खेत रोप्ने प्रतियोगिता, पुरानो गीतका भाका प्रस्तुति गर्ने र गीत संगीतलगायतका कार्यक्रम रहनेछन् ।

सञ्जालका अध्यक्ष बाबुराम ढकालले दोस्रोपटक आयोजना गर्न लागिएको रोपाई महोत्सव साबिक लेखनाथ भरिका सम्पूर्ण वडाबाट सहभागी भई बृहत्र कार्यक्रम गर्न लागिएको बताए।

पाेखरा- ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले कृषि सञ्जालले गरेका हरेक क्रियाकलापहरु प्रशंसायोग्य रहेको र कृषकको हितमा रहेको हुँदा रोपाई महोत्सव गरेर बचत गरेको रकम कृषकलाई नै खर्च गर्ने बताए .

लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले रोपाई महोत्सव संस्कृतिको जगेर्ना मात्रै नभई नयाँ पुस्तालाई पुरानो संस्कार सिकाउने थलो समेत बन्नेमा जोड दिए ।

लेखनाथ जेसिसका अध्यक्ष कृष्ण तिवारीले महोत्सवमा सहभागीसँगै प्रतियोगिता समेत आयोजना गरेर जेसिसले सहयोग गर्ने बताए ।

विभिन्न राजनीतिक दलका नेताहरू स्थानीय समाजसेवी महिला समूह युवा क्लबलगायत सबै क्षेत्रबाट सहयोग गरेर महोत्सवलाई बृहत बनाउने प्रतिबद्धता समेत जनाएका छन्।

Copyright © 2024 | All rights reserved.