असार ०६, २०८२, शुक्रबार

पोखरा बहुमुखी क्याम्पसले मनायो क्यूएए उत्सव


Advertisement Image
clock icon 4 days, 17 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चतता (क्यूएए) प्रमाणपत्र प्राप्त भएको पोखरा बहुमुखी क्याम्पसले शनिबार विशेष कार्यक्रमसहित विजय उत्सव मनाएको छ ।

उत्सवमा क्याम्पसले प्रभातफेरि समेत आयोजना गरेको थियो । क्याम्पसलाई सघाउँदै आएका सामाजिक व्यक्तित्व, सरोेकारवाला, चन्दादाता, अक्षयकोष संस्थापक, विद्यार्थीसमेत करिब पाँच सय जनाको सहभागितामा प्रभातफेरी गरिएको थियो ।

नेपाली पञ्चेबाजासहितको प्रभातफेरि क्याम्पस प्राङ्गणबाट शुरु भई प्रदर्शनी मार्ग, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंङ्गा, न्यूरोड, पृथ्वीचोक हुँदै क्याम्पसमा पुगेर धन्यवाद समारोहमा परिणत भएको थियो ।

समारोहमा पोखरा महानगरपालिकाका मेयेर धनराज आचार्यले क्याम्पसलाई एक गुणस्तरीय शैक्षिक संस्थाका रुपमा उभ्याउन गरिइका संघर्ष र एक सामाजिक व्यक्तिकाे हैषियतले आँफू पनि सहभागी भएका क्षणहरु स्मरण गरे । उनले क्याम्पसको गुणस्तरलाई ढल्पलाउन नदिन आग्रह गर्दैै आगामी दिनमा हरदम सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भागवत भाष्कर पं कमलनयन गौतमले सामुदायिक क्याम्पसलाई विद्यार्थीको पहिलो रोजाई बनाउन सबै मिलेर लागि पर्नुपर्ने बताए । उनले क्याम्पसलाई सहयोग गर्न आफूू सदैव तत्पर रहने बताए ।

क्याम्पस संस्थापक सदस्य आनन्दराज मुल्मीले विद्यार्थी तथा नयाँ युगका युवापुस्ताको चाहना र बजारको माग अनुरुपका शैक्षिक कार्यक्रम संचालन गरी गुणस्तरियता कायम राख्ने दिशामा अघि बढ्न सुझाव दिए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले विद्यार्थी, कर्मचारी, शिक्षकलगायत समुदाय र सरोकारवालाको प्रेरणा र हौसलाप्रति आफू सदैव ऋणि रहने बताए ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्याम्पसले प्राप्त गरेको हौसलालाई जतन गर्दै सम्पूर्ण अभिभावकको क्याम्पसप्रतिको आशा भरोसा सदैव सम्बोधन गर्ने प्रतिवद्धता जनाइन् ।

कर्यक्रममा क्याम्पस संचालन समिति उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस गुणस्तर सुनिश्चित समिति संयोजक महेन्द्र रिमाल, त्रिभुवन विश्वबिद्यालय पिआरटी टिमका सदस्य तथा क्याम्पस संचालक समिति सदस्य तेजनारायण अधिकारी, स्थानीय सामाजिक व्यक्ति तथा क्याम्पसका पूर्व विद्यार्थी प्रिति पाण्डे, अक्षयकोषदाता गोविन्द शेरचन, क्याम्पस प्राध्यापक संघका अध्यक्ष भीमप्रसाद न्यौपाने, क्याम्पस भूपू विद्यार्थी मञ्चका अध्यक्ष सूर्यबहादुर थापा, क्याम्पसका विद्यार्थीको समूह नेचर क्लबका अध्यक्ष गणेश रामदामलगायतले बोलेका थिए ।

पोखरा बहुमुखी क्याम्पस विसं २०४४ सालमा स्थापना भएको कास्की जिल्लाकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो । क्याम्पसले यही जेठ २१ गते विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चतता (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको थियो ।

Copyright © 2024 | All rights reserved.