0
प्रतिक्रिया
तनहुँ । तनहुँमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएकोे छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं १३ अबुवा देउरालीका २२ वर्षीय आशिकबाबु नराल छन् । दुर्घटनामा गम्भीर घाइते भएका नरालको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा आशिककै बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल दमौलीमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर व्यास नगरपालिका वडा नं १२ कमलबारीस्थित पृथ्वी राजमार्गमा अनियन्त्रित भई सडकै पल्टिएको थियो । स्कुटर आशिकले चलाएका थिए ।
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। आज दिउँसो करिब १ः४५ बजेको समयमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको स्कुटर अनियन्त्रित भई पल्टिंदा दुर्घटना भएको हो। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.