0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पोखरा महानगरपालिका वडा नं २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक परेको छ ।
वडाध्यक्ष अधिकारीकी माता अम्बिका अधिकारीको ८२ बर्षको उमेरमा आइतबार निधन भएको हो ।
केही दिन अघि बिरामी परेपछि अम्विकालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको आइतबार निधन भएको नेपाली कांग्रेस पोखरा-२४ का सभापति प्रतापबहादुर कार्कीले जानकारी दिए ।
अधिकारीका श्रीमान् बमबहादुर अधिकारीसहित पाँच छोरा र एक छोरी छन् । छोराहरु धनबहादुर, गणेशबहादुर, मीनबहादुर, भरतबहादुर र रामबहादुर तथा छोरी देवका अधिकारी थापा छन् ।
उनका काइँला छोरा भरत पोखरा-२४ को वडाध्यक्ष हुन् भने साइँला छोरा मीनबहादुर ब्यवसायी हुन् ।
स्व. अम्विकाको सोमबार बिहान पोखराको गाईघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिक शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, शारदा पौडेल, गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा, सांसद प्रकाश बराललगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
Copyright © 2024 | All rights reserved.