0
प्रतिक्रिया
काठमाडाैँ । हाल मुलुकमा मनसुनी वायु, पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बागमती प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतयादेखि पूर्णयता बदली रहनेछ । गण्डकी, कोसी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, कोसी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ । गण्डकी, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गण्डकी, कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
महाशाखाले गण्डकी, कोसी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.