0
प्रतिक्रिया
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दै छन् ।
ट्रम्प र मुनीरले ह्वाइट हाउसमा भेट्ने कार्यक्रम तय भएको मिडिया रिपोर्टमा उल्लेख छ । यस भेटमा मिडिया उपस्थित नहुने बताइएको छ ।
सेना प्रमुख मुनीर जुन १४ देखि अमेरिकाको भ्रमणमा छन् । ट्रम्पसँग उनको भेट पहिले नै तय गरिएको थियो ।
यद्यपि, ट्रम्प र मुनीरको भेट बारे थप जानकारी दिइएको छैन । इरान र इजरायल बीच बढ्दो तनावको समयमा भइरहेको र पाकिस्तान इरानको छिमेकी देश भएकोले यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
इरानी मिडियाका अनुसार, मुनीरले हालै मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए, जसको जुन १३ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो । (एभरेष्ट न्यूज एजेन्सी)
Copyright © 2024 | All rights reserved.