असार ०४, २०८२, बुधबार

प्रधानमन्त्रीले देउवा र प्रचण्डसँग छलफल गर्दै


Advertisement Image
clock icon 8 hours, 43 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।

बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोध, संसदमा पेश हुनेक्रममा रहेको संघीय निजामती सेवा विधेयक र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक बारे पनि छलफल हुने बताइएको छ ।

साथै बैठकमा माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुई बुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल हुने बुझिएको छ । (एभरेष्ट न्यूज एजेन्सी)

सेना प्रमुख मुनीर जुन १४ देखि अमेरिकाको भ्रमणमा छन् । ट्रम्पसँग उनको भेट पहिले नै तय गरिएको थियो ।

यद्यपि, ट्रम्प र मुनीरको भेट बारे थप जानकारी दिइएको छैन । इरान र इजरायल बीच बढ्दो तनावको समयमा भइरहेको र पाकिस्तान इरानको छिमेकी देश भएकोले यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

इरानी मिडियाका अनुसार, मुनीरले हालै मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए, जसको जुन १३ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो । (एभरेष्ट न्यूज एजेन्सी)

Copyright © 2024 | All rights reserved.