0
प्रतिक्रिया
पोखरा । पोखरामा क्याफेमा बारिष्टाको काम गरिरहेकाहरुका लागि पुनर्ताजगी तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र रेवान पोखराका सहआयोनजामा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत युवराज गुरुङले तालिमले पोखरामा स्तरीय कफी खान पाइन्छ भन्ने सन्देश दिने बताए ।
उनले पहिले पहिले थोरै मात्रामा कफीका पारखी रहेकोमा पछिल्लो सयम धेरै बढेको बताए ।
प्रयोगकर्ता बढ्दै जाँदा कफीका प्रकारसमेत बढेको उनको भनाइ छ । बारिष्टालाई कफी नयाँनयाँ प्रकारबाट कफी बनाउन सिकाउन पुनर्ताजगी तालिम शुरु गरेको बताए ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरा र लेकसाइड क्षेत्रमा विदेश र स्वदेशी पर्यटकहरु आउने र उनीहरुलाई स्तरीय कफि दिदा राम्रो सन्देश जाने बताए ।
उनले कफी कल्चर बढ्दै गएको बताउँदै कफीका धेरैमा अब ग्राहकलाई सेवा दिन तालिम आवश्यक भएको बताए ।
कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल पछिल्लो समयमा आएका नयाँनयाँ प्रविधिबाट कफि बनाउन सिकाउने बताए ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा २५ जनाको सहभागीता रहेको रेवान पोखराका महासचिव विरेन्द्र शेरचनले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.