0
प्रतिक्रिया
पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ।
मादी गाउँपालिका वडा नं ५ स्थित चण्डिका आधारभूत विद्यालयमा आयोजित शिविरबाट ८१ जनाले सेवा लिएका थिए ।
शिविरको उद्घाटन गर्दै मादी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष हुमानाथ अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताए ।
मादी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गोपाल चन्द्र बरालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल परिवार नियोजन सङ्घ कास्कीका सभापति नवीन सिग्देलले स्थानीय सरकार, आमा समूह, टोल विकास संस्था र क्लबसँग सहकार्य गर्दै संघ अघि बढेको उल्लेख गरे ।
शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रेम पंगेनीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
संघका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.