असार ०४, २०८२, बुधबार

त्रिवेणी इन्टरनेशनल कलेजमा सफल व्यवसायी र विद्यार्थीबीच अन्तरक्रिया


Advertisement Image
clock icon 7 hours, 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजले सफल व्यवसायी र विद्यार्थी बीच अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सफल व्यवसायी नारायणप्रसाद पौडेलले विदेशमा सिप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताए ।

उनले जापानको लामो बसाईपछि नेपालमै केही गरौँ भन्ने उद्देश्ले फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गरे ।

उनले नेपालमै उद्यमशिलताको सम्भावना रहेको स्पष्ट पार्दै त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताए । उनले नयाँ योजनाका साथ आउने विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

सबै व्यवसायी एकै पटक सफल नहुने उल्लेख गर्दै उनले ससानो लगानीबाट व्यवसायी शुरु गर्न आग्रह गरे । पौडेल मणिपाल शिक्षण अस्पताल, प्रतिभा मावि र अटोवेजमा संलग्न छन् ।

लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं व्यवसायी छत्रधर आत्रेयले सानो पुँजीबाट शुरु गरेका व्यवसाय सफल भएको भन्दै लगानीमा योजना आवश्यक रहेको बताए ।

कलेज व्यवस्थापन समिति अध्यक्ष सुमन भट्टराईले कलेजले विद्यार्थीलाई विभिन्न समयमा फरक क्षेत्रमा सफल व्यक्तिको अनुभव शेयरिङ गर्दै आएको बताए ।

अध्यक्ष भट्टराईले विद्यार्थीलाई एकेडेमिक कोर्षबाहेक सफल व्यवसायीको अनुभवले अध्ययनमा थप सहयोग पुग्ने बताए ।

कार्यक्रममा कलेजका निर्देशक बलराम ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेललगायतले बोलेका थिए ।

कलेजमा व्यवस्थापन संकायतर्फ स्नातक र स्नाकोत्तरतर्फ झण्डै छ सय विद्यार्थी अध्ययनरत छन् ।

Copyright © 2024 | All rights reserved.