असार ०७, २०८२, शनिबार

नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित


Advertisement Image
clock icon 7 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । शुक्रबार राति सम्पन्न खेलमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो ।

स्कटल्याण्डले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८दशमलव५ ओभरमा जम्मा एक सय ५९ रन मै अलआउट भयो ।

नेपालका लागि रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे भने दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले तीन ओभरमा २७ रन दिएर तीन विकेट लिए । सफिया सरिफले दुई विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले एक-एक विकेट लिए ।

नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको थियो । भुर्तेल चार, भीम सार्की १२, आसिफ शेख १४ र आरिफ शेख पाँच रनमा आउट भएपछि नेपालले पावरप्लेभित्रै चार विकेट गुमाएको थियो ।

त्यसअघि जर्ज मन्सेको आक्रामक अर्धशतकमा स्कटल्याण्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९३ रन बनाउँदै नेपाललाई एक सय ९४ रनको लक्ष्य दिएको थियो ।

ओपनर जर्ज मन्सेले ७८ रन बनाए भने ब्रान्डन म्याकमुलेनले ४२, माइकल लिस्क २६ तथा म्याथ्यु क्रस १७ रनमा अविजित रहे ।

मन्से र म्याकमुलेनले मिलेर दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गरेका थिए । त्यहाँबाट लिस्क र क्रसले ४८ रनको अविजित साझेदारी गरे ।

नेपालका कुशल भुर्तेलले दुई ओभरमा २० रन दिएर दुई विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक-एक विकेट लिए ।

यस शृंखलामा नेपालले चार खेलमध्ये दुई खेल जित्दा दुई मा पराजित भयो । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो । यस शृंखलामा सबै टोलीले दुई-दुई खेल जिते ।

Copyright © 2024 | All rights reserved.