असार ०७, २०८२, शनिबार

बीबीए आठौं सेमेस्टरका विद्यार्थीको नमुना पत्रकार सम्मेलन


Advertisement Image
clock icon 7 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीले नमुना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । दुईवटा सेक्सनका ६९ जना विद्यार्थीले छ वटा समूहमा विभाजित अभ्यासको प्रस्तुतिकरण गरेका हुन् ।

कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँवरले बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको बताए ।

क्याम्पस प्रमुख लीना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् ।

विषय शिक्षक सुवास मल्लले यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको जानकारी दिए ।

कार्यक्रममा पत्रकार शान्ति गुरूङ, शोभाकान्त सिग्देल र केशव शरण लामिछानेले विद्यार्थीको प्रस्तुतिकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए ।

विद्यार्थी सजीदा खातुनले पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको बताइन् ।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

हाल कलेजमा दिवा तथा बिहानी सत्रमा छ सय बढी विद्यार्थी बीबीए, बीबीए फाइनान्स र बीसीएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

Copyright © 2024 | All rights reserved.