असार ०८, २०८२, आइतबार

निरन्तरको पहिराका कारण कालीगण्डकी करिडोर आज पनि बन्द


Advertisement Image
clock icon 6 hours, 50 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

गुल्मी। निरन्तरको पहिराका कारण कालीगण्डकी करिडोर आज पनि बन्द छ ।

कालीगण्डकी गाउँपालिका वडा नं १ अन्तर्गत हर्मीचौर-अर्बेनीमा शुक्रबार सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेकोले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको उनले बताए ।

उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए । पहिराले अवरुद्ध रिडी-बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ ।

उक्त सडकखण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका-७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.