0
प्रतिक्रिया
पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा बृहत् योग शिविर सञ्चालन गरिएको छ । पोखरा रङ्गशालामा सम्पन्न शिविरमा योगप्रेमी सहभागी थिए ।
शिविरमा पोखरा महानगरपालिका, भारतीय दूतावास, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त पहलमा आयोजित शिविरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य सहभागी थिए ।
पर्यटन राजधानी पोखरालाई योग पर्यटनको हबका रूपमा विकास गर्न सकिने कयौँ सम्भावनाहरू रहेकामा सहभागीले जोड दिएका छन् । हिमाल र तालको सहर पोखरा सुन्दर, शान्त र मनोरम प्रकृतिको काखमा बसेर योगाभ्यासका लागि निकै उपयुक्त रहेको उनीहरूको भनाई छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगर स्तरीय योग केन्द्रको समेत स्थापना गरिएको बताए ।
पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रमा आवश्यक सामग्रीको समेत उपलब्धतामा महानगरले सहयोग गरिरहेको नगर प्रमुख आचार्यले बताए । योग मानव जीवनको महत्त्वपूर्ण पक्षका रूपमा चित्रण गर्दै उनले यो सबैका लागि अपरिहार्य रहेको बताए ।
Copyright © 2024 | All rights reserved.