0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई ‘अभिभावक शिक्षा कार्यक्रम’, विद्यार्थीलाई पाठ्यपुस्तक र छात्रवृत्ति रकम वितरण योगा अभ्यास कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतममा भएको कार्यक्रममा बाल हितकारी परियोजनाका संयोजक संगीता कोइराला, अभिभावक शिक्षा कार्यक्रमका प्रशिक्षक प्रधानाध्यापक डिल्लीराम बराल, योग प्रशिक्षक शिक्षक संगीता पोख्रेल, सहायक प्राचार्य विष्णुप्रसाद दाहाललगायतले बोलेका थिए ।
अभिभावक शिक्षा कार्यक्रममा प्रधानाध्यापक बरालले सहजीकरण गरेका थिए भने शिवराज बराल, चन्द्रा पराजुली, मञ्जु बराल, मञ्जु सुनारलगायतले अभिभावक शिक्षा कार्यक्रम फलदायी र प्रभावकारी भएको बताएका थिए ।
कार्यक्रमको संयोजन विद्यालयका सूचना सञ्चार संयोजक धर्मेश जयसवालले गरेका थिए ।
वि.सं. २०१४ सालमा स्थापित विद्यालयमा हाल करिब दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा केही वर्षदेखि कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।
कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायको पढाई हुँदै आइरहेको विद्यालयले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.