असार ०९, २०८२, सोमबार

गण्डकी प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस


Advertisement Image
clock icon 8 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रदेश प्रमुखको कार्यालयमा आर्थिक बर्ष २०८०/८१ को प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक अधिकार संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आयोग स्थापना भएको उल्लेख गर्दै नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्धभाव कायम राख्न मुस्लिम आयोजको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिवेदनमा उल्लेख गरिएका बिषयहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पेस गरिने प्रदेश प्रमुख भट्टले जानकारी दिए ।

कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्ट समक्ष जानकारी गराउँदै मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोग प्रयासरत रहेको बताए ।

नेपालको संविधानको धारा २६४ अनुसार मुस्लिम आयोग गठन भएको हो ।

Copyright © 2024 | All rights reserved.