0
प्रतिक्रिया
पाेखरा। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम १७औँ नगरसभा प्रस्तुत गरेकाे छ ।
महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको विश्वास आर्जन गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्ने लक्ष्यका साथ बजेट ल्याइएकाे बताइन् ।
उनले प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आठ अरब ३५ करोड १२ लाख रूपैयाँको बजेट सभामा प्रस्तुत गरेकी हुन् ।
सङ्घीय सरकारको सशर्त अनुदानबाट तीन अरब १३ करोड १२ लाख रूपैयाँ अर्थात् ३७दशमलव४९ प्रतिशत र आन्तरिक आयबाट पाँच अरब २२ करोड रूपैयाँ अर्थात् ६२दशमलव५१ प्रतिशत व्यहोर्ने गरी महानगरपालिकाले बजेट ल्याएको हो ।
बजेट प्रस्तुत हुनु अघि आइतबार नै पोखराका मेयर धनराज आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा प्रथामिकता दिइएको थियो ।
Copyright © 2024 | All rights reserved.