असार ०९, २०८२, सोमबार

हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम शुरु


Advertisement Image
clock icon 11 hours, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १ लामपाटनस्थित अभियान महिला समूहले हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सञ्चालन गरेको छ ।

समूहमा आबद्ध सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो ।

वडा कार्यालय पोखरा १ को सहयोगमा तालिम दुई दिन संचालन हुने तालिममा लक्ष्मी पौडेलले सहजीकरण गरेकी छन् ।

तालिम उद्घाटन गर्दै पोखरा-१ का वडाध्यक्ष सहारा प्रधानले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताए ।

उनले वडामा यो नयाँ तालिम रहेकाले तालिमपछि समूहमा आवद्ध सदस्यले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरी व्यवसायसँगै आत्मनिर्भर बन्न आग्रह गरे ।

तालिममा ४० जनाको सहभागिता रहेको समूहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिइन् ।

तालिमपछि सिकेका कुरा व्यवहारमा उत्तार्ने गरी आफूहरुले काम गर्ने रिमालले बताइन् ।

Copyright © 2024 | All rights reserved.