असार ०९, २०८२, सोमबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?


Advertisement Image
clock icon 8 hours, 55 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका उच्च- पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
 

Copyright © 2024 | All rights reserved.