0
प्रतिक्रिया
स्याङ्जा । स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।
मृत्यु हुनेमा काभ्रेका ३२ वर्षीय सागर लिम्बु छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चापाकोट नगरपालिका वडा नं ८ धार्केघाटमा हिलामर्याङबाट दामाचौरतर्फ गइरहेको ग१त ६१६७ नम्बरको ट्याक्टर धार्केघाटमा दुर्घटना भएको हो ।
ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.