असार १२, २०८२, बिहीबार

फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी


Advertisement Image
clock icon 4 hours, 4 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा ।सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ ।

पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भ गाड्ने काम थालिएको हो ।

जेठ १७ गतेदेखि शुभारम्भ भएको उक्त कार्यको हालसम्म तीन सय ६० वटा सीमा स्तम्भ गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए ।

बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा सीमा स्तम्भ गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गरेका थिए ।

निरीक्षणका क्रममा उनले फेवाताल संरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायसँग समन्वय गरी आवश्यक कार्य गरिरहेको बताए ।

ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनले हौसला प्रदान गरेका छन् ।

ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको उनले बताए । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सबैप्रति उनले आभार व्यक्त गरे ।

पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना छ ।

तालको ६दशमलव३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा एक हजार ५५ सीमा स्तम्भ गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्व राख्ने विश्वास गरिएको छ ।

Copyright © 2024 | All rights reserved.