असार २५, २०८२, बुधबार

रोटरी क्लब अफ पोखरा भ्यालीको अध्यक्षमा विजयराज आचार्य


Advertisement Image
clock icon 1 week, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। रोटरी क्लब अफ पोखरा भ्यालीको वर्ष २०२५/०२६ का लागि अध्यक्ष पदमा विजयराज आचार्य निर्वाचित भएका छन् । विभिन्न संघसंस्थामा सक्रिय रहेका आचार्यलाई क्लबको अध्यक्षतामा निर्वाचित गरेको हो ।

क्लबको प्रसिडेन्ट ईलेक्टमा नवीनराज बराल, प्रेसिडेन्ट नोमिनीमा माधवप्रसाद बराल, उपाध्यक्षमा कृष्णहरी पौडेल, सचिवमा यदुनाथ लामिछाने, कोषाध्यक्षमा अनिष गौतम, सहसचिवमा रीना पौडेल, सहकोषाध्यक्षमा महेश्वर ढकाल छन् ।

यसैगरी क्लब डाइरेक्टरमा चेतराम अधिकारी, सुशिलराज पराजुली, रामबहादुर क्षेत्री, विश्वबन्धु थापा, दीपेन्द्र अधिकारी छन् ।

यस्तै, सरजेन्ट एट आर्ममा रामचन्द्र शर्मा, ईडिटरमा तेजनाथ न्यौपाने, क्लब लर्निङ्ग फ्यासिलियटरमा डिल्लीप्रसाद शर्मा, क्लब एड्मिनिस्ट्रेशन चियर पर्सनमा धर्मराज बराल, मेम्बरसिप चियर पर्सनमा ई. लक्ष्मीप्रसाद त्रिपाठी, पब्लिक रिलेशन चियरमा लक्ष्मी क्षेत्री पाण्डे, सर्भिस प्रोजेक्ट चियरमा बुद्धिसागर बराल, रोटरी फाउण्डेसन चियरमा राजेश गौतम, युथ सर्भिस कमिटी चियरमा डा. गणेशभक्त आचार्य, सल्लाहकार काउन्सिलको चियरमा ईश्वरीप्रसाद शर्मा चयन भएका छन् ।

कार्यक्रममा अध्यक्ष आचार्यले क्लबमार्फत २०२५/०२६ मा गरिने वार्षिक कार्ययोजना र बजेट पेस गर्दै रोटरीको मूल उद्देश्य अनुरुप क्लबको गरिमालाई माथि पुर्याउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका अध्यक्षसमेत रहेका संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मीले स्थापना भएको छोटो अवधिमा पनि क्लबले गरेका कामको प्रतिवेदन पेश गरेका थिए । क्लबले स्थापना भएको छोटो अवधिमा गरेका उल्लेखनीय कार्य गर्न सघाउने सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा डिल्ली शर्मा, धर्मराज बराल, सुशिल पराजुली, वेदहरी तिमिल्सिना, लक्ष्मी क्षेत्री पाण्डे, माधवप्रसाद बराललगायतले बोलेका थिए ।

कार्यक्रममा नवीनराज बरालले स्वागत र सञ्चालन सचिव कृष्णहरि पौडेलले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.