असार १३, २०८२, शुक्रबार

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा


Advertisement Image
clock icon 6 hours, 14 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको छ । 

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनले नतिजा प्रकाशन प्रभावित बनेको हो ।

नतिजा प्रकाशनको तयारी बारे छलफल गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको एक बोर्ड सदस्यले जानकारी दिएका छन् । 

हाल तथ्यांक इन्ट्रीको काम सकिएर भेरिफाइ भइरहेकाले बोर्डले आज या भोली नतिजा प्रकाशन गर्ने निर्णय लिने उनले बताएका छन् ।  

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । 

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । 

यसअघि २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सबैलाई पुरक परीक्षा दिन पाउने अवसर दिइएको थियो ।

यस बर्ष परीक्षामा उतिर्ण प्रतिशत ७० पुर्‍याउने सरकारको लक्ष्य रहेको छ ।

Copyright © 2024 | All rights reserved.