0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत लागत साझेदारीमा सयपत्री फूलको बीउ तथा मल्चिङ प्लास्टिक वितरण गरेको छ । कृषकलाई नगर प्रमुख धनराज आचार्यले सयपत्री फूलको बीउ तथा मल्चिङ प्लास्टिक वितरण वितरण गरेका हुन् ।
पोखरालाई सिजनल फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले १६५ आवेदन प्राप्त कृषक, फार्म, कृषक समूह, सहकारी र सञ्जालहरू छनौट गरी २२९ प्याकेट बिउ र १३८ रोल मल्चिङ् प्लास्टिक वितरण गरिएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
यस वर्ष करिब ३ सय रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती विस्तार हुने अनुमान गरिएको छ ।
नगर प्रमुख आचार्यले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै महानगरपालिकाले यसको उत्पादन र बजारीकरणमा समेत सहयोग गरिरहेको बताए ।
स्थानीय स्तरमा उत्पादन हुने सम्भाव्य कृषि उपजमा महानगरपालिकालाई आत्मनिर्भर बनाउन उन्नत उत्पादन र खेती प्रणालीमा उनले जोड दिए ।
महानगरपालिकाले ३६ प्रकारका स्थानीय उत्पादनको न्यूनतम समर्थन मूल्य समेत तोकेर कृषकलाई उत्पादनमा हुने घाटाको पूर्ति गर्दै आइरहेको छ ।
Copyright © 2024 | All rights reserved.