असार २५, २०८२, बुधबार

एसईईमा हिमालयन बोर्डिङ : सोनिया र रोशिकाको ४ जीपीएसहित ४४ विद्यार्थीको उत्कृष्ट नतिजा


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनस्थित हिमालयन बोर्डिङ स्कुलका दुई विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार जीपीए प्राप्त गरेका छन् । 

शुक्रबार प्रकाशित नतिजा अनुसार हिमालयनका सोनिया गुरुङ र रोशिका न्यौपानेले चार जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य डा. टेकनारायण पौडेलले जानकारी दिए । 

सोनिया र रोशिकाले २०७९ मा कक्षा ८ को परीक्षामा पनि चार जीपीए प्राप्त गरी पोखरा महानगरबाट सम्मानित भएका थिए । 

विद्यालयबाट यस वर्ष एसइई दिएका ३२ जनाले ए प्लस, आठ जनाले ए र एक जनाले बी प्लस प्राप्त गरेको प्राचार्य पौडेलले जानकारी दिए ।

यसले विद्यालयको शैक्षिक पहिचानलाई अझ उचाइमा पुर्‍याएको उनको विश्वास छ । विद्यालयले स्थापना कालदेखि नै ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने नीतिलाई व्यवहारमा लागू गर्दै आएको उनले बताए । 

‘शिक्षा केवल किताबी ज्ञान होइन, यो एक जीवनदर्शन हो’, प्राचार्य पौडलले भने, ‘यही मूल मन्त्रका साथ अगाडि बढ्दै आएकाले विद्यालयले यस वर्ष आफूलाई गुणस्तरीय शिक्षाको उदाहरणका रूपमा स्थापित गर्न सफल भएको छ ।’

उनले थपे, ‘यो नतिजा आकस्मिक नभई निरन्तरको मेहनत, अनुशासन, समर्पण र सकारात्मक शैक्षिक वातावरणको परिणाम हो’
विद्यालय सधैं विद्यार्थीको समग्र विकासमा विश्वास गर्ने भन्दै उनले जहाँ ज्ञानसँगै नैतिकता, आत्मविश्वास र सामाजिक जिम्मेवारी पनि सिकाइने बताए । 

विद्यालयले समयानुकूल शिक्षण-शिक्षण पद्धति, आइसीटी आधारित कक्षा, अनुभवी शिक्षक टोली, समय समयमा हुने अभिभावक-शिक्षक संवाद, विद्यार्थी केन्द्रित सहपाठी कार्यक्रम, कक्षागत अनुगमन, विशेष कक्षा तथा परामर्श सेवा जस्ता कार्यक्रममार्फत विद्यार्थीको क्षमता उजागर गर्न सक्रिय भूमिका खेल्दै आएको उनको दावी छ ।

अभिभावकको भरोसा, शिक्षकको समर्पण र विद्यार्थीको कठोर परिश्रमको समिश्रणले अहिले यो नतिजा सम्भव भएको उनले बताए । 

यो केवल परीक्षा नतिजामात्र नभइ शिक्षा क्षेत्रमै विद्यालयको प्रतिबद्धताको प्रमाण भएको भन्दै उनले अहिले प्राप्त सफलताले समग्र शिक्षा क्षेत्रलाई प्रेरणा मिल्ने दावी गरे ।

Copyright © 2024 | All rights reserved.