0
प्रतिक्रिया
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराहन्न १ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसैगरी आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । -एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.