असार १६, २०८२, सोमबार

प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित


Advertisement Image
clock icon 19 hours, 40 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ ।

शनिबारको प्रतिनिधि सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो । 

गृहमन्त्री रमेश लेखकले पेश गरेको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रस्ताव पारित हुनुअघि प्रतिनिधि सभामा यस विधेयक बारे छलफल भएको थियो भने छलफलमा उठेका प्रश्नको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।-एभरेष्ट न्यूज एजेन्सी

Copyright © 2024 | All rights reserved.