असार १६, २०८२, सोमबार

प्रधानमन्त्री ओली र स्पेनका समकक्षी साञ्चेजबीच भेटवार्ता


Advertisement Image
clock icon 14 hours, 29 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) साञ्चेजबीच आज दुईपक्षीय भेटवार्ता भएको हो ।

आजै स्पेनको म्याड्रिड हुदै सेभिया पुगेका प्रधानमन्त्री ओलीको नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने र स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोजमा सहभागी हुने लगायतका कार्यक्रम रहेका छन् ।

Copyright © 2024 | All rights reserved.