0
प्रतिक्रिया
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ र डिजलमा ९.१३ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।
मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।-एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.