असार १९, २०८२, बिहीबार

कपडा व्यवसायी एशोसिएशन र विष्णु लक्ष्मी सिल्क मिलका उद्योगीबीच अन्तरक्रिया


Advertisement Image
clock icon 20 hours, 12 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कपडा व्यवसायी एशोसिएसन कास्की र विष्णु लक्ष्मी सिल्क मिल मुम्बईका उद्योगीबीच पोखरामा छलफल भएको छ । 

छलफलमा उद्योगी अवध शाह, नेपालका लागि एजेन्सी प्रदीप वठवाल, नेपालका लागि अधिकृत बिक्रेता नारायणी इम्पेक्स काठमाडौँका हरि जालन तथा एशोसिएशनका पदाधिकारी र सदस्यहरु सहभागी थिए । 

एशोसिएशनका अध्यक्ष लेखनाथ पौडेलका अनुसार वर्तमान समयमा व्यापार व्यवसायको अवस्था तथा विष्णु लक्ष्मी सिल्क मिलको उत्पादन र बजारको अवस्थाबारे अन्तरक्रिया भएको थियो । 

कार्यक्रममा उद्योगी अवध शाहले व्यापार व्यवसायको चुनौतीका बारेमा आफू पूर्ण जानकार रहेको भन्दै व्यवसायीलाई सहुलियत र सहज हुने गरी आफ्नो उत्पादनलाई बजारमा प्रस्तुत गर्ने बताए । 

नेपालका लागि अधिकृत बिक्रेता नारायणी इम्पेक्स काठमाडौँका हरि जालनले आफूले पोखराको बजारलाई विशेष रुपले हेरेको र व्यवसायीलाई सहुलियत दरमा कपडा उपलव्ध गराउन प्रतिवद्ध रहेको स्पष्ट पारे ।

कपडा व्यवसायी एशोसिएशनले सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरेको आफूले पाएको भन्दै संस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।  

नेपालका लागि कम्पनीका एजेन्सी प्रदीप वठवालले पर्यटकीय नगरी पोखरा अन्यत्रको तुलनामा विशेष रहेको बताए ।

एशोसिएशएनका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं संयोजक चोकबहादुर गुरुङले कार्यक्रमाथि प्रकाश पारेका थिए भने गरेका थिए । 

साथै वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिनाले स्वागत र महासचिव पूर्ण थापाले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.