0
प्रतिक्रिया
पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं ९ सुन्तलीटारका ५० वर्षीय ध्रुवराज भण्डारी छन् ।
प्रहरीका अनुसार अदालतले उनलाई जबरजस्ती करणी उद्योग कसूर मुद्दामा तीन वर्ष छ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
घटनादेखि नै फरार रहँदै आएका भण्डारीलाई बिहीबार पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुलीका लागि अदालत पेश गरेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.