0
प्रतिक्रिया
पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको २२औं खुला रक्तदान कार्यक्रम सम्पन्न शनिबार भएको छ । कार्यक्रममा एक सय एक युनिट रगत संकलन भएको छ ।
समाजका कार्यसमिति सदस्य भूपेन्द्र सिलवाललाई ब्लडव्याग हस्तान्तरण गर्दै धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रममा मेयर ढुंगानाले धादिङ मूल घर भई पोखरामा पेशा व्यवसाय गर्नेको संस्थाले सदस्यको हकहितका अलवा सामाजिक काममा क्रियाशील रहेको भन्दै खुशी व्यक्त गरे ।
उनले समाजले धादिङ र कास्कीको विकास निर्माणको काममा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति तथा स्वास्थ्य समिति संयोजक डण्डराज शर्मा पौडेलले शरीरमा खेर जाने रगत नियमित दान गर्दा मानिस स्वस्थ बन्ने बताए । उनले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा रेडक्रस कास्कीले रक्त सञ्चार सेवालाई निःशुल्क गरेको जनाए ।
समाजका अध्यक्ष सरस्वती श्रेष्ठले सबैभन्दा उत्कृष्ट र पवित्र काम रक्तदानमा सहभागी सबैलाई आभार प्रकट गरिन् ।
कार्यक्रममा चितवन-पोखरा सम्पर्क समाजका अध्यक्ष दिलिप पनेरु, अर्घाखाँची-पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेल, बर्दिया सम्पर्क समाजका अध्यक्ष पुष्प मर्सानी, धादिङ समाजका सल्लाहकार परिषद सदस्य एवं पूर्वअध्यक्षहरु नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डे ‘राजु’, कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक लालप्रसाद ढकाललगायतले बोलेका थिए ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टीकाबहादुर लम्सालले स्वागत र महासचिव प्रकाश दुलालले सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.